सातदोबाटोलाई हराउँदै मछिन्द्र दोस्रो स्थानमा, थ्रीस्टार र संकटाबीच बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटो युथ क्लबलाई ३-१ गोलले पराजित गर्दै मछिन्द्र दोस्रो स्थानमा उक्लिएको हो।

मछिन्द्रको ओलावाले अफिजले ह्याट्रिक गरे। उनले खेलको १७ मिनेटमा पहिलो गोल गर्दा पहिलो हाफको इन्जुरी टाइममा अग्रता दोब्बर पारे।

५६ मिनेटमा अर्को गोल गर्दै ओलावालेले ह्याट्रिक पूरा गरे।

सातदोबाटोका लागि जोर्न पुन मगरले ८४ मिनेटमा गोल गरे।

जितसँगै दोस्रो स्थानको मछिन्द्रले २३ खेलबाट ३९ अंक जोडेको छ। सातदोबाटो भने २९ अंकसहित छैटौं स्थानमा छ।

यता रेलिगेसनको खतरामा रहेका थ्रीस्टार क्लब र संकटाले क्लबले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन्।

थ्रीस्टार २७ अंक जोड्दै ११औं र संकटा पनि २७ अंक जोडेर १२औं स्थानमा छन्। 
 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा