प्रधानमन्त्री दाहाल बुधबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमणमा जाने भएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले दाहालको भ्रमणबारे औपचारिक घोषणा गरेको छ । प्रधानमन्त्री बनेको भण्डै छ महिना पछि दाहाल विदेश भ्रमणमा निस्कन लागेका हुन् । दाहालको भ्रमण टोलीमा परराष्ट्र, उधोग सहितका केही मन्त्री र सरकारी उच्च पदस्थ अधिकारीहरु सहभागि हुनेछन् । दाहालले बिहिबार समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यतालिका रहेको छ । यस पटकको भारत भ्रमणमा नेपालले विद्युत व्यपारको कुरा भारतसँग गर्ने भएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा