‘अडियो प्रकरण’ छानबिन गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज (मंगलबार) बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्नका लागि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा