लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन्। एमालेबाट निर्वाचित गिरीले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

गिरीले एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोसपा र स्वतन्त्र सांसद्हरु गरी ५८ सांसदको समर्थनमा दाबी पेश गरेका हुन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनमत ४४ सांसदको समर्थन आवश्यक पर्छ।

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गते पुस २१ गते मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि पुस २७ सम्मको समय दिएका थिए। गिरीको दाबीपछि उनैलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

संघीय सरकारका साझेदार दलहरुबीच गत पुस २४ मा लुम्बिनी प्रदेशमा एमालेले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए। त्यहाँ माओवादी केन्द्रको पनि दाबी रहँदै आएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा