प्रधानमन्त्री भन्छन् : विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध छु

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसद्मा विश्वासको मत मागेको पनि स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूमिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढ्ने नीति लिएको बताए। 

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा