गृहमन्त्री लामिछाने : प्रहरीका नियमसम्मत काममा कुनै हस्तक्षेप हुँदैन

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप नगर्ने बताएका छन्।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका गृहमन्त्री लामिछानेले मन्त्रालय र आफ्नो तर्फबाट नियम, कानुन र विधिसम्मत रूपमा प्रहरीले गर्ने काममा कुनै हस्तक्षेप नगर्ने बताएका हुन्।

उनले प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भन्दै सरुवा–बढुवाका लागि कुनै मन्त्री वा नेताको दैलोमा नधाउन प्रहरी अधिकारीहरूलाई आग्रह गरे।

प्रहरीको तलब, रासन, भत्तालगायत अन्य सेवा सुविधामा पुनरवलोकन गर्न आफू तयार रहेको गृहमन्त्री लामिछानेको भनाइ छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा