जरीवाना सम्बन्धी समस्य समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा उम्मेदवारले समयमा नै खर्च विवरण नबुझाउँदा लाग्ने जरीवाना सम्बन्धी कानुन संसोधन गर्ने बताएका छन् । नेपाल नगरपालिका संघको नवनिर्वाचित पदाधीकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बिहिबार बिहान प्रधानमन्त्रीलाई भेट्न संघका नवनिर्वाचित अध्यक्ष भीमप्रसाद ढुंगाना सहितको टोली प्रधानमन्त्री निवास बालुवाटार गएको थियो । सो क्रममा अध्यक्ष ढुंगानाले जरीवाना सम्बन्धी कानुन जानकारीको अभावमा धेरै जनप्रतिनिधिमा उम्मेदवार बनेकाहरु पीडित बनेको भन्दै कानुनमा संसोधन आवश्यक रहेको बताएका थिए । ‘संविधानले रक्षा गरेको समावेशी र समानुपातिक प्रणालीका कारण हामीले निकै गरिब र अशिक्षीत व्यक्तिहरुलाई राजनीतिको मुलधारमा ल्याउन वडा देखी नै उम्मेदवार बनाएका छौं, उनिहरुमा कानुनको ज्ञानको अभावमा खर्च विवरण बुझाउने बारे जानकारी भएन ।’ उनले भने ‘अहिले त्यस्ता व्यक्तिहरुलाई विवरण नबुझाएकै आधारमा एक देखी सात लाख सम्म जरिवाना गरिएको छ, यो तत्काल खारेज गर्नुपर्छ ।’ अध्यक्ष ढुंगानाले राखेको विषयमा जवाफ दिंदै प्रधानमन्त्री देउवाले यसको समाधान खोज्न आफु प्रतिबद्ध रहेको बताए । ‘अब संसद चलेपछि कानुन नै संसोधन गरेर हुन्छ या अरु केही म गर्छु ।’ उनले भने ।

संघको बुधबार सम्पन्न निर्वाचनले नीलकण्ठ नगरपालिका धादिङका प्रमुख ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा