पौडेलद्दारा देउवालाई आग्रह : संसदीय दलको नेतामा मेरो नाम प्रस्ताव गर्नुस्

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्नका लागि प्रधानमन्त्री समेत रहो पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) भएको भेटमा नेता पौडेलले पार्टीको संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गरेका हुन् ।

पौडेलले पार्टी र देशकै परिस्थिति अनुकूल नभएको र पार्टीको महाधिवेशनमा पनि आफूले पूर्ण रुपमा साथ दिएको भन्दै संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गरेका हुन् ।

पार्टीमा आफूले पनि सभापति देउवा जत्तिकै योगदान गरेकाले संसदीय दलको नेतामा आफू निर्वाचित भए पार्टीपंक्ति र सबैमा राम्रो सन्देश जाने उनले बताएका थिए । सभापति देउवाले भने निर्वाचनको अन्तिम मत परिणाम नआइसकेकाले त्यसबारे छलफल गरेर अघि बढ्नु पर्ने बताए । ‘अझै निर्वाचनको अन्तिम परिणाम आइसकेकको छैन । साथीहरूसँग अझै छलफल गरौं ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा