सुनको मूल्य प्रतीतोला तीन सयले घट्यो

काठमाडौँ– नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सयले घटेर एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० ले घटेर एक हजार तीन सय ९० मा आएको महासङ्घले जनाएको छ । 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।  

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा