बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रदेश सभापति इन्द्र बाँनियालाई दलको नेता बनाउन सांसदहरुले नै लविङ सुरु गरेका छन् । शनिबार सम्ममा समानुपातिक तर्फबाट चयन हुने सांसदहरुको नामावली पार्टीले निर्वाचन आयोगमा बुझाएपछि आयोगले सबै निर्वाचितको नामावली सार्वजनिक गर्नेछ । त्यसपछि दलहरु आफ्नो दलको नेता चयनको प्रक्रियामा जाने छन् । नेपाली कांग्रेसले प्रत्यक्ष मार्फत जितेका २५ र समानुपातिक प्रणालीबाट विजयी हुने १२ जना गरी बागमती प्रदेशमा ३७ सांसद हुनेछन् । संसदीय दलको नेता बन्नका लागि १९ जना सांसदको समर्थन चाहिन्छ ।
संघीय राजधानि समेत यही प्रदेशमा रहेकाले यो प्रदेशमा को संसदीय दलको नेताहुन्छ भन्ने कुराको अर्थ रहन्छ । अझ संसदीय दलको नेता नै मुख्य मन्त्रीको उम्मेदवार रहने कांग्रेसको बैधानिक व्यवस्थाले पनि संसदीय दलको नेता को बन्न भन्ने विषय थप चासोको साथ हेरिएको छ । बहुमतका लागि ५६ जना सांसद पुग्नुपर्नेमा यस पटक कांग्रेस संग एक्लै ३७ जना छ ।
अघिल्लो पटककको कार्यकालमा पनि संसदीय दलको नेता बनेका प्रदेश सभापति इन्द्र बानियाँ अहिले यो प्रदेशमा संसदीय दलको नेता बन्ने तयारीमा छन् । बानियाँ अहिले निर्वाचित प्रदेश सांसदहरुको बीचमा लोकप्रिय छन् । स्रोतका अनुसार बानियाँलाई दलको नेता बन्ने विषयमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ग्रिन सिग्नल दिईसकेका छन् । बानियाँ निकट एक सांसदका अनुसार प्रदेश कि संघमा निर्वाचन लड्ने ताका नै सभापति देउवाले ‘प्रदेश रोजे नि संघ रोजे पनि एक ठाउँ लड्नु, प्रदेश लडे मुख्य मन्त्री बन्नु, संघ लडे मन्त्री बनाउँला’ भनेर बचन दिएका थिए । तत्कालिन अवस्था स्मरण गर्दै ती सांसदले भने ‘इन्द्र दाईलाई पहिला नै मुख्यमन्त्री बनाउने कुरा थियो, तर राजेन्द्र पाण्डेले नछोडेका कारण त्यो संभव भएन, अनि प्रधानमन्त्रीले नै निर्वाचन पछि तैं हो भन्नुभएको छ ।’
बानियाँ आफैले संघमा छाडेर टिकट लिने बेलैमा प्रदेश रोजेका थिए । मुख्यमन्त्री बनेर बागमती प्रदेशमा केही न केही रुपान्तरण गर्ने सोच उनको छ । निर्वाचन ताका उनले कांग्रेस नेतृत्वमा प्रदेश सरकार बने गरीबको पक्षमा विशेष निर्णय ह्ुने बताए । मुखयमन्त्री बनेपछि के सुधार गर्न सकिन्छ भनेर एजेण्डा दिए । प्रदेशको छुट्टै घोषणा पत्र बनाएर प्रचार गरे । प्रदेशका कतिपय जिल्लाहरुमा चुनावी अभियानमा सहभागि भए । पार्टीका तर्फबाट उम्मेदवार बनेका सबै प्रदेश सभा क्षेत्रमा सहयोग गरे । सायद, त्यही कुराले होला अहिले कतिपय प्रदेश सांसदहरु जसरी पनि बानियाँलाई दलको नेता बनाउँदै मुख्य मन्त्री बनाउनुपर्ने अभियानमा छन् । त्यो अभियानमा रहेका मध्ये एक सांसद भन्छन् ‘इन्द्रजी जत्तिको स्वभाविक दलको नेताको लागि अरु कोही छँदै छैन, उहाँ निर्वाचित प्रदेश सभापति पनि हो ।’ उनले थपे ‘शेरबहादुर दाई केन्द्रमा दलको नेताका लागि जति स्वभाविक हो, इन्द्रजी पनि बागमती प्रदेशका लागि त्यति नै स्वभाविक हुन् ।’ संगठन गरेका भावी म्ुख्य मन्त्री भन्दै उनका नाममा भोट मागेर आफुले जितेको भन्दै प्रदेश सांसद मिन कृष्ण महर्जन इन्द्र बानियाँंलाई जसरी पनि दलको नेता बनाउनुपर्छ भन्छन् । ‘बागमतीको कांग्रेसको संघठन नै अहिले इन्द्र दाईले गर्नुभएको छ ।’ उनले भने ‘उहाँ यो प्रदेशको मुख्यमन्त्री भएपछि आमुल परिवर्तन गर्छौ भनेर हामीले भोट मागेर जितेका छौं, उहाँलाई अहिले निर्विकल्प दलको नेता बनाउनुपर्छ ।’
कांग्रेस भित्र अहिले बागमती प्रदेशको दलको नेतामा नुवाकोटका बहादुर लामा पनि इच्छुक छन् । बानियाँ र लामा एउटै टिमका हुन् । बानियाँ आफैंले धरातल बलियो बनाएका छन् भने लामालाई कांग्रेस नेता प्रकाशशरण महतले ब्यकअप गरिरहेका छन् । संस्थापन इतर पक्ष बागमतीमा खासै बलियो छैन । इतर समुहको पनि बानियाँलाई सहयोग हुने बताइएको छ ।
पार्टी अधिवेशनमा समेत बानियाँलाई देउवा पक्षले सहजै उम्मेदवार बनाएको थिएन । उनि दोस्रो चरणमा सभापतिमा निर्वाचित भएका थिए । बानियाँ निटक स्रोतका अनुसार दलमा निर्वाचन लड्नै परे पनि बानियाँले २७ भोट ल्याउने अनुमान छ । बानियाँ र लामाबीच प्रतिस्पर्धा भए सभापति देउवा मौन बस्न सक्छन् । त्यस्तो अवस्थामा बानियाँलाई थप फाइदा हुने विश्वास उनि निकटकाहरुको छ । बागमती प्रदेशमा होल्ड भएका मध्ये कांग्रेसका प्रभावशाली नेता प्रकाशामन सिंह समेत बानियाँ प्रति सफ्ट छन् । उपसभापति पुर्ण बहादुर खड्काको पनि बानियाँलाई समर्थन हुने ती नेता बताउँछन् ।
बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ स्वभाविक
