सन्दीप प्रकरणमा थुनछेक बहस : अभियोग नै खारेज हुनुपर्ने अधिवक्ताहरूको तर्क

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ।

अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरे।

सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरीमाथि बालिग भएको प्रमाण नै पेश भएकाले नाबालिग भन्दै दायर भएको अभियोग नै खारेज हुनुपर्ने उनीहरूको तर्क छ। अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। उनीहरुकाे बहसपछि अदालतले थुनछेक आदेश सुनाउने छ । अदालतले थुनामा पठाउने कि धराैटीमा रिहा गर्ने आदेश गर्ने छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा