एक सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको कती ?

काठमाडौं– सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार सुनचाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजाबी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा