प्रधानमन्त्री देउवाले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन भूमिका खेल्न प्रहरीलाई दिए निर्देशन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वस्थ र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन भूमिका खेल्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। 

६७ औं प्रहरी दिवसका अवसरमा सम्बोधन गर्दै देउवाले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गराएकाले आगामी निर्वाचन पनि त्यसैगरी सम्पन्न गराउन भूमिका खेल्न निर्देशन दिएका हुन्। 

उनले प्रहरीलाई कसैको दबाब र प्रभावमा परेर संविधानले दिएको दायित्व कार्यान्वयनमा नचुक्न पनि निर्देनशन दिएका छन्। उनले देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण भएको भन्दै उक्त कर्तव्य पालना निसंकोच गर्न अनुरोध गरेका छन्।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको सेवा वृद्धिका लागि सरकार गम्भीर भएको बताए। उनले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा अवधिबारे छलफल गरिरहेकाले १६ वर्षे अवधिबारे सरकार सकारात्मक भएको बताए। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा