डडेलधुरामा एमालेका स्नेहीद्वारा उम्मेदवारी फिर्ता

डडेलधुरा- डडेलधुरामा प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने निर्णय कार्यान्वयन हुने एमालेले जनाएको छ। 

एमालेको केन्द्रबाट नै स्नेहीको उमेदवारी फिर्ता गर्न पहल भएको एमाले डडेलधुराका सचिव गजेन्द्र शाहीले बताएका छन्।

यसैगरी, कांग्रेसका बागी उम्मेदवार दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

एकीकृत समाजवादीबाट भर्खरै एमालेमा फर्केर स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीको उम्मेदवरी भने कायम छ।

Dadeldhura-election-notice1665567631.jpg

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा