४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

कञ्चनपुर–  ४८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले बिहीबार दिउँसो जबरजस्ती करणी आरोपमा पक्राउ गरेको हो। 

महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले आरोपी किशोरलाई पक्राउ गरेको हो। 

पक्राउ परेका किशोरमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा