सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं– सत्तारुढ गठबन्धन दलको बैठक आज दिँउसो २ बजे बालुवाटारमा बस्दैछ। बुधबार दुईपटक बसेको गठबन्धन बैठक राष्ट्रपति कै पछिल्लो कदममा केन्द्रित भएको थियो। 

हिजै गठबन्धनले कानुनविद्धहरुसँग पनि छलफल गरेको थियो। आज बस्ने बैठक सिट बाँडफाँटमा केन्द्रित रहने बताइएको छ। समानुपातिक सूचीका कारण अघिल्लो सातादेखि अवरुद्ध गठबन्धनको बैठक मंगलबारदेखि सुरु भएको छ। 

तर, नागरिकता विधेयक राष्ट्रपतले मंगलबार प्रमाणीकरण नगरेपछि गठबन्धन बुधबारदेखि त्यसमै अल्झेको छ। गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आज बस्ने बैठकले अब सिट बाँडफाटको अन्तिम टुंगो लगाउने बताइन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा