श्रीमान्‌को कुटपिटबाट महिलाको मृत्यु

धनगढी– कैलालीमा श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। गौरिगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बस्ने अन्दाजी ३३ वर्षीया ललिता नाम्जाली मगरको मृत्यु भएको हो। 

श्रीमान् शेरबहादुरको कुटपिटबाट ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी प्रवक्ता वेद प्रकाश जोशीले शेरबहादुरको कुटपिटबाट उनकी १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेकफ छ।

लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जोशीले जानकारी दिए। शेरबहादुर भने फरार छन्। उनको खोजी भइरहेको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा