पर्यटनमन्त्री श्रेष्ठले सुरुवात गरे पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीयस्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गरेका छन्।

सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए। अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको छ।

‘पर्यटन पुनरुत्थानका लागि क्लिन नेपाल – ग्रीन नेपाल अभियान’ नारासहित पर्यटकीयस्थलमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्बद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाइ अभियान सुरु गरेको हो । मन्त्री श्रेष्ठले अघि सारेको नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजनमा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने उल्लेख छ।

पर्यटकलाई आकर्षित गर्न सरसफाइ महत्वपूर्ण भएकाले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ।

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्‍याउने उनले बताए। सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियन्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो। देशको अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पनि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा