गगन थापाले दिए काठमाडौं-४ बाट आवेदन, कास्की १ मा पनि उनको माग

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा प्रत्यक्ष तर्फको उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन्। 

यसअघि उनी सोही निर्वाचन क्षेत्रबाटै प्रत्यक्षमा निर्वाचित भएका थिए। बुधबार उनले आफ्नो उम्मेदवारीका लागि आवेदन दर्ता गराएका हुन्। 

कांग्रेसका स्थानीय नेता-कार्यकर्ताले उनलाई कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न अनुरोध गरेका छन्। 

यसैबीच बुधबार नै कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न गगन थापाका नाममा आवेदन परेको छ। कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले महामन्त्री थापालाई कास्की १ मा उम्मेदवार सिफारिस गर्न आवेदन दिएका हुन्।

No description available.
No description available.
यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा