विश्वप्रकाश भन्छन् : झापाबाटै चुनाव लड्छु, प्रेम उता, घरजम यता हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो चुनाव झापाबाटै लड्ने घोषणा गरेका छन्। 

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् चुनावबारे प्रस्ट्याउँदै उनले आफू काठमाडौंबाट चुनाव नलड्ने बताएका छन्। 

‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता, घरजम यता कुरै हुन्न’, शर्माले लेखेका छन्। 

शर्मा अघिल्लोपटक झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र (राम) कार्कीसँग पराजित भएका थिए।

कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मतमा ल्याएका थिए। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा