बर्दिया निकुञ्जमा बढे बाघ हेर्न पर्यटक

बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको छ। यसवर्ष निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ। 

बाघ हेर्न उद्देश्यले पर्यटक जंगल घुम्छन्। बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताए। ‘यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ’, चौधरी भन्छन्, ‘बाघ देख्दा उनीहरु खुशी हुन्छन्’। बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको छ। निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको संख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए। 

गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन्। ‘यो संख्या हाम्रो लागि सुःखद हो’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, ‘अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको संख्या बढ्ने विश्वास छ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा