‘ठूलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन’ : चौधरी

लमही – शहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।

एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई-दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’

एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको बताउँदै मन्त्री चौधरीले थपे, ‘ठूलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठूलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’

कम्युनिष्टहरु शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुपर्ने बताउँदै सहरी विकास मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको धारणा राखे । एकीकृत समाजवादीको लमही नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा केन्द्रीय सदस्य शारदा श्वणर्कार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, युवा संघका जिल्ला अध्यक्ष हरिष गिरीलगायतले मन्तव्य राखेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा