सुनको मूल्यमा २०० रुपैयाँले वृद्धी

काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। चाँदीको मूल्य भने यथावत् रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० पुगेको छ। 

यसअघि सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने सोमबारको जस्तै मंगलबार पनि प्रतितोला १ हजार २२० रुपैयाँ छ। सोमबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा