सुर्खेतमा जिप दुर्घटना, एकको मृत्यु

सुर्खेत- सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप आइतबार बिहान जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवा  रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। 

उनले जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए। जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ।

जिपमा अन्य पाँच जना यात्रु सवार थिए। अन्य सकुशल रहेको प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा