गायिका सुनारको हत्या आरोपी कारागार चलान

काठमाडौँ – लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आइतबार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा