प्रचण्ड शनिबार सर्लाही जाँदै

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्लाही जाने भएका छन्। 

शनिबार सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारमा आयोजना हुने जनसभामा सहभागी हुन प्रचण्ड सर्लाही जान लागेका हुन्।

कार्यक्रममा नेता नारयणकाजी श्रेष्ठ पनि सहभागी हुँदै छन्। 

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा राजनीतिक दलहरुले सभाहरुको आयोजना थालेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा