आज राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो १ बजे शुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत विषयमा छलफल गरी रणनीति तय गर्ने कार्यसूची छ । बैठक आज र भोलि बस्ने जनाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा