एकै घरका दुई बालबालिकाको पानीको ट्याङ्कीमा डुबेर मृत्यु

दैलेख – दैलेखमा पानीको ट्याङ्कीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ । दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

शाहले भने ‘दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । हामीले मातहतका कार्यालयमा बुझ्दा दुई बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा