सडेर कंकाल भएको अवस्थामा साँखुमा खोला नजिक शव फेला

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका-३, साँखुको खोला किनारमा एक शव फेला परेको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा