भारतको दिल्ली पुगे प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् ।

भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । सो क्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको पनि उपस्थिति थियो।

भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारलगायतका विषयमा कुराकानी हुने दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले जानकारी दिएका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा