गठबन्धनका तर्फबाट उपसभामुख निर्वाचनका लागी पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौं– प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल (गौतम)ले मनोनयन दर्ता गराएकी छन्।

उनले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी छन्। 

मनोनयनपश्चात बिहीबार दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएछपि २०७६ माघदेखि उपसभामुख पद रिक्त थियो। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा