आज पनि घट्यो सुन र चाँदीको मूल्य

काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिगत केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

तोलामा २०० रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। 

यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। मंगलबार छापावाल सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ प्रतितोला थियो। 

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ प्रतितोला थियो। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा