गौतम : उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षमा महिला नियुक्त गर्नुपर्ने भएकाले वर्षौंदेखि सरकारले चासो दिएन

काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले महत्वपूर्ण निकायमा महिलाको पदपूर्तिलाई लिएर सरकारले चासो नदिएको बताएका छन्।

संघीय संसद्को उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष महिला हुनपर्ने भएकै कारण सरकार र राजनीतिक दलले नियुक्त गर्न चासो नदिएको बताए। 

मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले राजनीतिक दल र सरकारको गैरजिम्मेवारीका कारण यी दुवै निकायको उपप्रमुख पदमा महिलाको नियुक्ति नभएको बताएका हुन्। 

उनले ती पदमा पुरुष सदस्य हुने भए समय नै कुनुनपर्ने दाबी गर्दै रिक्त पदमा महिलाको नियुक्ति हुनुपर्ने भएकै कारण प्रतिनिधि सभाको उपसभामुखमा चार वर्षदेखि र राष्ट्रिय सभामा चार महिनादेखि पदपूर्ति हुन नसकेको उनको भनाइ छ। 

उनले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेकाले उपाध्यक्षबिना अध्यक्षको परिकल्पना गर्र्न नसकिने बताए। संविधानले दुई पदमध्ये एउटामा महिला अनिवार्य गरेकाले भागबण्डाका नाउमा उक्त पद खाली गर्न नहुने गौतमको भनाइ छ।

यस्तै गौतमले करिब ४ महिनायता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए। 

उनले सरकार र राजनीतिक दलहरूको लापरबाहीप्रति महिला सदस्यहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा