आज कांग्रेस पदाधिकारी बैठक बस्दै, सभापति देउवा उपस्थित नहुने

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति भने उपस्थित नहुने जनाइएको छ । आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन् ।

समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ । बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुने बताइएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा