पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो। 

बैठकमा मुख्यतः सातवटा अजेन्डामाथि छलफल हुने भएको छ। शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले अजेन्टा छनोट गरेको थियो। 

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुनेछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा