गठबन्धनसँग हाम्रो संघर्ष र एकता कायम रहन्छ, यसको विकल्प खोज्दैनौं : माधव नेपाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनसँग आफ्नो संघर्ष र एकता हुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यसको विकल्प नखोज्ने र गठबन्धन सरकारलाई निरन्तरता दिने बताएका हुन्। 

उनले भने, ‘दक्षिणपन्थी, राष्ट्रिय आत्मसमर्पणवाद र बिसर्जनवादसँग लड्न गठबन्धन बनाएको हौं। बिसर्जन होइन, आत्मसमर्पण होइन, देशभक्त र लोकतान्त्रिक विधि अवलम्बन गर्ने सबैलाई समेटेर अघि बढ्ने क्रममा गठबन्धन बनेको हो। गठबन्धनलाई निरन्तरता दिने पक्षमा हामी रहन्छौं।’

गठबन्धनसँग सम्बन्ध भने संघर्ष र एकताको हुने बताए। उनले गलत कुरामा लड्ने र राम्रा कुरालाई समर्थन गर्दै गठबन्धमै रहेर अघि बढ्ने बताएका हुन्।

उनले एकता नि:शर्त नहुने बताउँदै थपे,  ‘एकता भनेको सशर्त हुन्छ। भ्रष्टचारमा एकता हुँदैन। भ्रष्टीकरणविरुद्ध  एकता हुँदैन।’

उनले कार्यकर्तालाई आफैं नमूना बनेर काम गरेर देखाउन निर्देशन दिए। पार्टी कार्यकर्ताले यसको संगठन मजबुत बनाउन राम्रा कामका साथै प्रचारात्मक काममा समेत जोड दिन निर्देशन गरे।

‘काम चाहिँ छ। प्रचारै छैन भने पनि हुँदैन,’  उनले थपे,  ‘काम पनि गर्नुपर्‍यो। प्रचार पनि गर्नुपर्‍यो। प्रचारात्मक काममा जोड दिनुहोस्। प्रशिक्षणमा जोड दिनुहोस्। अभिलेखमा जोड दिनुहोस्।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा