काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज (बुधबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
बैठकका एजेण्डाको बारेमा जानकारी नभएको उनले बताए । ‘दिउँसो ३ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्दै छ,’ देउवाले भने, ‘बैठकका एजेण्डाबारे भने थाहा भएको छैन् ।’ आजको बैठकमा मन्त्रिपरिषद हेरफेरको विषयले प्रवेश पाउन सक्ने नेताहरुले बताएका छन् ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले गएको जेठ २२ गते नै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो । आजको बैठकमा मन्त्री हेरफेरबारे निणर्य लिइने एकीकृत समाजवादीका एक नेताले बताए ।
