आज दिउँसो १ बजे बस्नेगरि न्यायपरिषद्को बैठक बोलाइयो, यस्तो छ कारण

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बुधबार दिउँसो १ बजे बस्नेगरि न्यायपरिषद्को बैठक बोलाइएको हो।

काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको एक विवादास्पद अडियो सार्वजनिक भएपछि बैठक बोलाइएको हो।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो। मंगलबार न्यूज २४ टेलिभिजनले  अडियो सार्वजनिक गरेको हो।

गम्भीर विषयको अडियो बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बोलाइएको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउन प्रस्ताव गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा