रवि लामिछानेले गरे राष्ट्रिय स्वतन्त्र पार्टी गठन

काठमाडौँ –  सञ्चार कर्म छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनीतिक दल गठन गरेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा मंगलबार एक कार्यक्रम गरेर उनले दल घोषणा गरेका हुन् ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गरेका हुन् । देशभरबाट समानुपातिक भोट संकलन गर्न दल खोल्नु परेको लामिछानेल जानकारी गराका छन् ।

पार्टी घोषणा कार्यक्रममा उनले आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको दावी गरे । आफू ठूलो काम गर्न नभई आम मान्छेका स-साना समस्या समाधान गर्न राजनीतिमा लागेको पनि उनले दावी गरे ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा