आज तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। 

तोलामा २०० रुपैयाँ बढेर सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ। 

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ प्रतितोला थियो। 

सोमबार चाँदीको मूल्य भने यथावत् रहेको छ। आइतबारको जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ प्रतितोला रहेको महासंघले जानकारी दिएको छ।  

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा