प्रधानमन्त्री सवार हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री सवार हेलिकोप्टरमा इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । विमानस्थलमा अवतरण भएपछि २० मिनेट प्रधानमन्त्री देउवाले नेता-कार्यकर्तासँग भेट गरेका थिए । इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा