ठमेलको एक होटलमा आइरिस नागरिक मृत फेला, खसेर मृत्यु भएको अनुमान

काठमाडौं– ठमेलस्थित होटल मनाङमा एक आइरिस (आयरल्याण्ड) नागरिक मृत भेटिएका छन्। आइरिस नागरिक एलेन म्याक्स मृत भेटिएका हुन्। 

 होटलका छैटौं तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको  छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरका अनुसार उनको शव उक्त होटलको पहिलो तलाको स्वीमिङ पुलमा भेटिएको थियो। 

सुरक्षागार्डले बिहान ३ बजेतिर शव देखिपछि प्रहरीलाई खबर गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा