माओवादी अध्यक्ष दाहाल र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ। भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो।

भेटका क्रममा अहिलेको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाबारे पनि कुराकानी भएको थियो।

सरकारले ३० बैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन्। 

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा कुराकानी भइरहेको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा