नयाँ पार्टी कार्यालय भवनको उद्घाटनका लागी प्रचण्ड आज सिन्धुली जाँदै

काठमाडौं –  सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाँदैछन् ।
माओवादी केन्द्र सिन्धुलीको नव निर्मित पार्टी कार्यालय भवनको उद्घाटनसहितका कार्यक्रममा सहभागी हुन प्रचण्ड आजर दिउँसो सिन्धुली जान लागेका हुन् । प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सिन्धुली जाने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

भोलि पार्टी कार्यालयको नव निर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । आज सिन्धुलीको कमलामाई नगरपालिका-४ ढुङ्ग्रेवासस्थित सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नव निर्मित भवनको प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका नेता तथा सिन्धुलीका संघीय सांसद हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

आजै प्रचण्डले सिन्धुलीका उद्योगी व्यापारीसँग पनि भेटघाट र छलफल गर्नेछन् । सिन्धुली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीसहित जिल्लाका उद्योगी व्यवसायीहरुसँग प्रचण्डले भेटघाट गर्न लागेका हुन् । त्यसैगरी कमलामाई नगरपालिका -६ नुनथलामा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको पनि आजै प्रचण्डले अवलोकन गर्ने कार्यक्रम छ । प्रचण्ड आज बेलुका सिन्धुली सदरमुकाममै बस्नेगरी कार्यक्रम तय भएको नेता गजुरेलले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले भोलि माओवादी केन्द्र सिन्धुलीको नव निर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । माओवादीले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्मथकहरुबाट आर्थिक सहयोग जुटाएर चारतले भवन निर्माण गरेको हो । भवन निर्माणमा झण्डै तीन करोड खर्च भएको माओवादी केन्द्र सिन्धुलीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा