‘संयुक्त राष्ट्रसंघको अर्को महासचिव महिला हुनुपर्ने दाबी’

काठमाडौं- संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्लाह शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने बताएका छन् ।

महासभाको ७६ औँ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् ।

महिलाको स्थितीसम्बन्धी आयोगको ६६ औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन् ।

‘लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसङ्घले विश्वभर उत्कृष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु ।’ उनले बताए, ‘म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै नेतृत्व गर्नेछु।’

विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघको सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा छन् ।

(रासस)

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा