एक महिने अभियानपछि मात्रै चुनावी तालमेलबारे निर्णय गर्नेछौ : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन्।

काठमाडौँको आलोकनगर शुक्रवार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन्।

उनले भने- ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ।’

‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘यो कांग्रेसले चाहेरमात्र होइन कि परिस्थितिज्य कारणले यो गठबन्धन हो।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा