नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर एक महिने अभियान संचालन गर्ने भएको छ । फागुन २९ गते एकै दिन ७७ जिल्लामा उद्घाटन हुने अभियानमा सबै जिल्लामा केन्द्रबाट नै प्रतिनिधि समेत खटिनेछन् । कांग्रेस केन्द्यि कार्यालयले तयार पारेको अभियानको मस्यौदामा तल्ला तहका समितिहरु परिचालनलाई विशेष जोड दिएको छ । केन्द्रीय प्रतिनिधिले गत अधिवेशनमा सभापतिको उम्मेदवारहरुसँग समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गरिएको छ ।




अघिल्यै महिनाबाट सुरु गर्ने तयारी गरीएको अभियान एमसिसिमा शिर्ष नेताहरु खट्नुपर्ने भएपछि केही दिनका लागि सारिएको थियो ।
