यूक्रेनको जापोरिजियास्थित न्यूक्लियर प्लान्ट रुसी सेनाद्दारा कब्जा

काठमाडौं । रुसी सेनाले यूक्रेनको जापोरिजियास्थित न्यूक्लियर प्लान्ट कब्जा गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रुस–यूक्रेन युद्धको नवौं दिन शुक्रबार रुसले उक्त उर्जा केन्द्र कब्जामा लिएको हो ।

न्यूक्यिलयर प्लान्ट कब्जामा लिने क्रममा रुसले मिसाइल आक्रमण गरेको थियो । रुसको मिसाइल आक्रमणका कारण उक्त क्षेत्रमा भीषण आगो लागेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि ट्विट गर्दै रुसी सैनिकले आणविक उर्जा केन्द्रमा आक्रमण गरेको जानकारी दिएका छन् । उनले ट्विट गर्दै विश्वलाई पावर प्लान्ट खतरामा रहेकोले सहयोगको अपिल गरेका छन् ।

पावर प्लान्टमाथि आक्रमण लगत्तै राष्ट्रपति जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोन संवाद गरेका थिए ।

मिडिया रिपोर्टसका अनुसार रुसले कब्जामा लिइएको जापोरिजिया आणविक उर्जा केन्द्रबाट यूक्रेनले २५ देखि ३० प्रतिशत परमाणु उर्जाको आपूर्ति गर्ने गर्दछ । बताइएअनुसार जापोरिजिया आणविक उर्जा केन्द्र यूक्रेनको मात्रै नभई युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र हो ।

यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको जापोरिझिया आणविक उर्जा केन्द्रमा आक्रमण भएको भएपनि धेरै क्षति नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

रुसी मिसाइलले आक्रमण गरेपछि प्लान्ट नजिकै आगलागी भएको उनले बताए । तर, यसले प्लान्टका अत्यावश्यक उपकरणमा क्षति नपुगेको उनले बताए । उनका अनुसार अहिलेसम्म उक्त क्षेत्र यूक्रेनकै नियन्त्रणमा छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा