भेटियो संसद भवन अगाडी शंकास्पद वस्तु, कुकर बम हुनसक्ने आशंका

काठमाडौं– नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ। 

संसद भवन अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको महानगरीय प्रहरी परिसरका काठमाडौंका एसएसपी सुदीप गिरीले बताए।

सडकको बीचमा शंकास्पद वस्तु भेटिएसँगै प्रहरीले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ भने सवारीसाधन डाइभर्ट गरिएको छ।

त्यो वस्तु बम भए/नभएको पहिचालन भइ नसकेको र डिस्पोजका लागि सेनाको टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा