कसरी पुगे माओवादी र एस एमसिसिको पक्षमा ?

सरोज अधिकारी

सत्तामै रहेर पनि एमसिसिको विपक्षीमा मत हाल्ने निर्णय गरेका माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी एकाएक एमसिसिको पक्षमा मत हाल्ने अवस्थामा पुगे । एमसिसिको चर्को विरोधमा उत्रिएका यी दुई दलले निर्णय नै गरेर एमसिसि संसदमा अघि बढे गठबन्धन नै छोडेर विपक्षमा मत हाल्ने निर्णय गरे । दुवै दलले यो निर्णय गरे सँगै सत्ताको नेतृत्वकर्ता दल नेपाली कांगेसले विपक्षी दल एमालेसँग सहकार्यको प्रस्ताव अघि सा¥यो । सहकार्य मात्र होइन, कांग्रेस र एमालेबीच शुक्रबार बेलुका सम्म पुग्दा केही शक्ति बांडफांड सहित आगामी निर्वांचन सम्म कसरी जाने भन्ने रोडम्याप नै तयार भयो । त्यति मात्र होइन उपेन्द्र यादवको जनता समाजवादी समेत फुट्ने अवस्थामा पुग्यो । २४ सिटमा रहेको एकिकृत समाजवादी पनि फुटको दिशामा पुग्यो । एमसिसिको पक्षमा एकिकृत समाजवादीका १० सांसद पार्टी फुटाएर लाग्न तयार भए । उच्च स्रोतका अनुसार यी दुई दल फुटाउन विपक्षी दल एमाले अध्यक्ष ओलीले समेत मलजल गरिदिए । एमसिसिको विपक्षमा रहँदा सबै तिरबाट कर्नरमा परिने आकलन माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरे । भावी राजनीतिको गन्तब्य समेत अस्तव्यस्त बन्ने खतारा रह्यो । यो बीचमा माओवादी भित्रै जनाद्र्धन शर्मा, शक्ति बस्नेत र वर्षमान पुनहरु गठबन्धन नतोड्नका लागि सक्रिय भए । प्रधानमन्त्री देउवासँग गठबन्धन नतोड्न माओवादी अध्यक्ष दाहालले आग्रह गरीरहे । सत्ता राजनीतिको अनुभवी मानिएका प्रधानमन्त्री देउवाले माओवादी र एसलाई गलाउन जानीबुझीकन नै ओलीसँग निकै निकटता बढाईदिए । पहिला बहिस्कार गरेर भए पनि एमसिसि पास गरौं भनेका प्रधानमन्त्री देउवाले शनिबार सम्म आईपुग्दा पक्षमा भोट हाल्ने गरी संस्थागत निर्णय गर्न दाहाललाई भने । प्रधानमन्त्री निकट एक नेता भन्छन् ‘प्रधानमन्त्री ज्यू गठबन्धन कायम राखेर नै जान सकिन्छ भन्नेमा हनुहुन्थ्यो, उहाँले माओवादी र एसका नेताहरुलाई गलाउन मात्र एमालेसँगको उठबस बढाउनुभएको हो ।’ ती नेता फेरी थप्छन् ‘हामी भित्र पनि त आगामी निर्वाचनमा लड्ने एमालेसँगै हो भन्ने छ नि ।’
यहीबीचमा दाहालले विपक्षी दलका नेता ओलीसँग पनि सम्बन्ध बढाउने प्रयास गरे । तर ओलीले माओवादीले जे सुन्न चाहँदैन थियो, त्यसैलाई शर्तको रुपमा तेस्र्याए । ओलीलाई पनि कांग्रेससँग मिल्न सकिने विश्वास अलि बढ्दै गएको थियो । प्रधानमन्त्री निकट ती नेता भन्छन् ‘प्रधानमन्त्रीले केपी ओलीलाई विश्वास दिलाउन र प्रचण्ड माधव नेपाललाई गलाउन छुट्टा छुट्टै व्यक्तिहरु प्रयोग गर्नुभएको थियो ।’
प्रधानमन्त्री देउवा आफैंले शनिबारको भेटमा माओवादी अध्यक्ष दाहाल र एस अध्यक्ष नेपाललाई ‘आफु जसरी पनि एमसिसि पास गर्नुपर्ने दबाबमा रहेकाले साथ नदिने भए अब एमालेको माग पुरा गररेर भने पनि एमसिसि पास गर्छू’ भनेपछि माओवादी र एस निर्णयबाट पछि हटेका हुन् । एमालेको मागमा सहमति जनाउँदा माओवादीको सभामुख पद जाने र एकिकृत समाजवादीको १४ सांसद खारेज हुने अवस्था थियो । देउवाको उक्त धम्कीपछि शनिबार नै बेलुका नेता नेपाल र प्रचण्डले सहयोग गर्ने बचन प्रधानमन्त्री देउवालाई दिए पनि देउवाले संस्थागत निर्णय नगरे सम्म विश्वास गर्न नसकिने अडान राखिदिए । अन्ततः माओवादी र नेकपा एस एमसिसिको पक्षमा नै उभिनुपर्ने भयो । कांग्रेसका ती नेता भन्छन् ‘एमसिसिमा गठबन्धन नफुटेपछि अब यो गठबन्धन निर्वाचन सम्म नै जाने देखिंदैछ, प्रचण्डर नेपालको यसमै बढी जोड पनि छ ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा